नियम १३
पदीय वा पेशागत आचरण सम्बन्धी व्यवस्था

१३. पदीय वा पेशागत आचरण सम्बन्धी व्यवस्था

(१) ऐनको दफा २३ को उपदफा (१) बमोजिम सार्वजनिक पद धारण गरेको व्यक्तिले आफू पदमा बहाल रह“दा देहाय बमोजिमको पदीय वा
पेशागत आचरण पालना गर्नु पर्नेछः–

(क) अनुशासनमा रही इमान्दारी र तत्परताका साथ कर्तव्य पालन गर्नु पर्ने,
(ख) राजनीतिक वा अवाञ्छनीय प्रभाव पार्न नहुने,
(ग) राजनैतिक दलको सदस्यको रुपमा कार्य गर्न नहुने
(घ) सार्वजनिक रुपमा सरकारको आलोचना गर्न नहुने ,
(ङ) कानून बमोजिमको गोप्यता कायम गर्नु पर्ने,
(च) तोकिएको जिम्मेवारी सम्पादनमा कुनै प्रकारले असर पर्न सक्ने गरी दान, उपहार, चन्दा प्राप्त गर्न र सापटी लिन दिन नहुने,
(छ) कम्पनीको स्थापना, सञ्चालन तथा व्यापार व्यावसाय गर्न नहुने,
(ज) निर्वाचनमा कुनै राजनैतिक दलको प्रचार गर्ने र समर्थक भई भाग लिन नहुने,
(झ) कर्तव्य पालन गर्दा शिष्ट र मर्यादित व्यवहार गर्नु पर्ने ।

(२) ऐनको दफा २३ को उपदफा (१) बमोजिम सार्वजनिक पद धारण गरेको व्यक्तिले जुनसुकै कारणले आवकाश प्राप्त गरेको अवस्थामा पनि कानून बमोजिमको गोप्य राख्नु पर्ने विषय सधै गोप्य राख्नु पर्नेछ ।

(३) ऐनको दफा २३ को उपदफा (२) मा लेखिएदेखि बाहेक अन्य सार्वजनिक पद धारणा गरेका व्यक्तिको लागि सम्बन्धित मन्त्रालयले पदीय वा पेशागत आचरण बनाउनेछ ।